एमसीसीमा व्याख्यात्मक घोषणा’मा  निर्णय लिन समाजवादीको सचिवालय बैठक

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन  : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । 

सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार