गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सुरु

शनिबार, फागुन १४, २०७८

गण्डकी, १४ फागुन । पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव पोखरामा सुरु भएको छ ।  महोत्सवमा गण्डकी प्रदेशका आठ जिल्लाका १२ नाटक मञ्चन हुनेछन् । ती नाटकहरू गन्धर्व नाटकघरमा हरेक दिन तीन वटाका दरले मञ्चन गरिनेछ । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौँ र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन् । महोत्सवको पहिलो दिनमा तीनवटा नाटक मञ्चन भएको महोत्सव  संयोजकसमेत रहनुभएका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । आगामी फागुन १६ गतेसम्म चल्ने महोत्सवको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले उद्घाटन गरे । गत वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको आयोजना गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सव आयोजना गरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार