निर्वाचनमा केन्द्रित हुन अध्यक्ष ओलीको निर्देशन

शनिबार, फागुन १४, २०७८

गण्डकी, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे ।  एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय समाजवादलाई अहिलेको परिस्थिति अनुकूल सिर्जनात्मक ढङ्गले कार्यान्वयन गरिनेविश्वास दिलाउनुभयो । पार्टीभित्र हरेक तहको कार्याकर्ता नेता भएको बताउँदै उहाँले प्रत्येकले आफू हाकिम नभई जनताको सेवक हो भन्ने भावनाका साथ खटिनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेप्रति आस्था एवम् विश्वास बढ्दै गएको दाबी गर्नुभयो । आसन्न निर्वाचनका लागि सक्रिय हुन उनले आग्रह गरे ।
 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार