हाम्रा लागि एमसिसी परियोजना अपरिहार्य : खानेपानी मन्त्री चौधरी 

शनिबार, फागुन १४, २०७८

कैलाली, १३ फागुन । खानेपानीमन्त्री उमाकान्त चौधरीले हाम्रो जस्तो मुलुकका लागि एमसिसी परियोजना अपरिहार्य र जरुरी रहेको दाबी गरेका छन् । प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको आर्थिक समृद्धि, विकास र गरिबी निवारणका लागि यो परियोजना ल्याइएको बताए । उनले एमसिसीका बारेमा जनतामा धेरै भ्रमहरु सिर्जना गरिएको तर त्यो सत्य नभएको जिकिर गरे ।  “कुनै पनि देश विकास गर्नका लागि तीन वटा तत्व हुन्छ”, मन्त्री चौधरीले भने, “एउटा आमनागरिकसँग कर लिएर अगाडि बढ्ने, अर्को ऋण लिएर अगाडि बढ्ने र तेस्रो भनेको अनुदान लिएर अगाडि बढ्ने हो ।” उनले एमसिसी विशुुद्ध अनुदान परियोजना भएकाले संसद्बाट पारित हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार