चीनको गुइझोउको कोइला खानीमा १४ कामदार फसे

शुक्रबार, फागुन १३, २०७८

चीन (गुइयाङ), १३ फागुन । चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएका छन् । सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान ८स्४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई–मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ । त्यहाँ उद्धारकार्य जारी छ ।-रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार