एउटा व्यवसायीको आत्मकथाः माटोबाट किन भाग्दैछन् नेपाली ?

शुक्रबार, फागुन १३, २०७८

म बेल्जियममा एउटा रेष्टुरेन्ट चलाउँथे। झण्डै १५ वर्ष नै काम गरेँ मैले त्यहाँ। छोराछोरी त्यहीँ हुर्किए र आ–आफ्ना काममा लागे। त्यसअघि मलाई आफ्ना बारेमा सोच्ने फूर्सद नै थिएन। त्यसपछि मात्र मैले आफ्नो बारेमा सोच्न थालेँअनि आफ्नो मातृभूमिका बारेमा पनि सोचेँ मैलेभावुक पनि भइयो होला। तर देशका लागि केही गरौँ भन्ने मनमा आयो र बेल्जियममा आफूले चलाइरहेको रेष्टुरेन्ट बेचेर एक दिन म नेपाल फर्किएँ ।

नेपाल आएर म पोखरा महानगरपालिका वडा नम्वर २७ को रिठेपानीमा आयु अर्गानिक एग्रो प्रा.लि. नामक संस्था खोलेर काम गर्न थालँे। विदेशमा गर्ने मेहनत स्वदेशमा गर्न सके आर्थिक रूपमा पनि फाइदा हुने अनि देशका लागि पनि केही गरेजस्तो हुन्छ भन्ने सोचेर २०७५ सालदेखि मैले व्यावसायिक कृषि कर्म शुरू गरेँ।

चौध–पन्ध्र वर्ष नेपाल प्रहरीमा काम गरेकाले नेपालको प्रशासन र कर्मचारी तन्त्रले कसरी काम गर्छ भन्ने कुराको मलाई राम्रो जानकारी थियो। यहाँ काम गर्न कति गाह्रो छ भन्ने पनि मैले बुझेको थिएँ।

खासमा हामी नेपाली बाहिर विदेशमा गएर जस्तोसुकै काम गर्न पनि तयार हुन्छौँ। तर आफ्नै देशमा काम गर्नचाहिँ हामीलाई किन लाज लाग्छ कुन्नीम चाहिँ आफ्नै माटोमा पसिना बगाउँदा हाम्रो देश पनि बन्ने र अर्थतन्त्रमा पनि फाइदा हुन्छ भन्ने सोचेर यहीँ काम गर्न थालेको हुँ। एउटा कुरामा हामी स्पष्ट हुनुपर्छ– आफ्नो देश हामी आफैँले बनाउने हो। अरू कसैले आएर बनाइँदिँदैन। आफ्नै देशको बसेर यहीँको माटोमा हामीले केही गर्न सक्यौँ भने कम से कम हाम्रा बालबच्चा पनि फर्केर आउलान की भन्ने एउटा झिनो आशाको त्यान्द्रो मेरो मनको कुनामा अझै छ। सायद आफ्नो माटो प्रतिको माया–ममताले नै होला म यहाँ आएँ र काम गर्न थालेँ।

मैले ८ रोपनी व्यक्तिगत र ४ रोपनी भाडामा गरी १२ रोपनी जमिनमा कृषि कार्य शुरु गरेँ। भाडामा लिएको जमिनको वार्षिक ५० हजार रूपैयाँ भाडा तिर्छु। यो व्यवसायलाई अगाडि बढाउन झण्डै २ करोड ५० लाख रूपैयाँ लगानी पनि गरेको छु मैले। मेरो फर्ममा दुईजनाले रोजगारी पनि पाएका छन्। कृषि फर्ममा अहिले स्थानीय जाँतका ४ वटा भैँसी पनि छन्। दुधका लागि भैँसी र मासुजन्य पदार्थका लागि स्थानीय जातका कुखुरा पनि पालेको छु।

कृषि फर्ममा विभिन्न जातका फलफूल र तरकारी पनि लगाएका छन्। बारीमा चिप्लेभिन्डीघिरौलाबोडीसिमी जातका तरकारी र आँपमेवाकेराअम्बास्ट्रबेरी लगायतका फलफूल लगाएका छन। प्राङ्गारिक वा अर्गानिक खानेकुरा मानव स्वास्थ्यका लागि अमृत नै हो। तर सबैतिर विषालु खानाको जगजगी भएका बेलामा अमृत फलाउन दुःख पनि छचुनौती पनि धेरै छ। अर्कोतर्फ अर्गानिक उत्पादनको नाममा हुने ठगीधन्दा पनि छन।

नेपालमा जुन क्षेत्रमा पनि बिचौलीया हावी छन्। जताततै दलालको जगजगी ! मैले यहाँबाट पन्ध्र रूपैयामा बेचेको तरकारी तपाइँ कहाँ पुग्दा ८० रूपैयाँ पुग्छ। कि तपाईँ खानुहोस् कि म खान्छु भनेर मैले काम थालेँ। मैले दुःख गरेको छु कि तपाइँले खानुहोस् भन्ने मेरो एउटा अभियान हो। त्यसैले मैले पोखरामा बजारमा तरकारी दिइँन। डोकेलाई पनि दिइँन। कृषकको उत्पादनलाई स्वयं कृषकले बेच्नु पर्छ। त्यसका लागि सरकारले पहल गर्नुपर्छ। गाउँ–गाउँका सरकारको काम नै त्यही हुनु पर्ने हो।

रसायनिक मलको प्रयोगद्वारा उत्पादन हुने तरकारी मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक हुन्छ। यही कारण मैले अर्गानिक उत्पादनलाई नै जोड दिएको हो। म त तरकारी र फलफुल उत्पादनका लागि आवश्यक गोबरमल र जैविक विषादी पनि आफैँ तयार पार्छु। आफूसँग भएको ज्ञान र सीपको सदुपयोग गर्दै फार्ममै गड्यौँला मल पनि बनाएको छु।

हामीलाई समयले देखाएको छविभिन्न रोगहरूले देखाएको छसिकाएको छ– अर्गानिक खानुपर्छ भनेर। त्यसका लागि त्यही किसिमको वातावरण हुनुपर्छ। हामी आत्मनिर्भर हुनका लागि मैले यो प्रयोग गरेको हुँ। त्यसैगरी गोबरगहुँत उत्पादन गर्‍यो भने त हामीलाई बाहिरबाट आएको मलहरूको आवश्यकता छैन।

कृषि प्रधान देशमा कृषि नै अर्थतन्त्रको मेरुदण्ड बन्न सक्दछ। तर कृषि गतिविधिलाई आधुनिक र वैज्ञानिक ढङ्गले व्यवस्थित गरिनुपर्छ। निर्वाहमुखी नभई व्यावसायिक कृषि कर्मलाई प्राथमिकता दिनुपर्छ। योसँगै उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा ध्यान दिनु पनि उत्तीकै आवश्यक छ। यसो गर्न सके आयातभन्दा निर्यात बढाउँदै अन्तर्राष्ट्रिय व्यापार घाटा पनि कम गर्न सकिन्छ।

हाम्रो देशमा सबै चीज पाइन्छन्सबै कुरा यहीँ उत्पादन हुन्छ। मरूभूमि हुनेदेखि चिसो हिउँ जमेको ठाउँमा हुनेसम्म सबै कुरा यहाँ उत्पादन हुन्छन्। त्यस्ता उत्पादनलाई हामी विदेशमा निर्वात गर्न सक्छौ। तर त्यसका लागि हामीले धेरै मेहनत गर्नुपर्छ। मेहनत नगरिकन केही पनि फल्दैन। बजार व्यवस्थापन गरेर एउटा लक्ष्यमा जान सक्छौँ भनेर नै काममा भिडिरहेको थिएँ।

तर अब म हारेँ। यो काम बिस्तारै कम गर्दैछुअर्को व्यवसायतिर लाग्दैछु। किन भन्नुहोलापहिलो कुरो त हामीकहाँ कामदारको अभाव छ। खान–बस्न दिएर अरबमा एउटा अदक्ष कामदारले कमाउने बराबरको तलब दिन्छु भन्दा पनि मान्छे नपाउने !  कामदार पाए पनि कृषिप्रतिको उनीहरूको सोच पूरै नकारात्मक छ। माटोमा काम गर्न नै नरुचाउने जस्ता भएछन् यहाँका मान्छेहरूथाहा छैन किन भाग्दैछन् नेपालीहरू माटोबाट।

अर्को कुराके कारणले हो नेपालमा कृषि क्षेत्र व्यवसायिक हुनै सकेन। लगानी गर्ने बित्तिकै प्रतिफल खोज्न थालिन्छ। कृषि भनेको त मेहनत र धैर्यताको काम हो। मैले पहिले पनि भनिसकेँ– हाम्रो सबैभन्दा ठूलो समस्या बिचौलीया हो। कृषकले उत्पादन गरेको उपजको मूल्य नै तिनै बिचौलीयाको हातबाट हुने भएपछि किसानलाई कसरी फाइदा हुन्छ त?

समस्या बिचौलीयाको मात्र होइनअरू पनि छन्। गुणस्तरीय उत्पादनको मापदण्ड स्पष्ट नै छैन। आम उपभोक्तालाई अर्गानिक र रासायनिक विषादीयुक्त खाना बीचको भिन्नता बुझाउन नसक्नु पनि एउटा ठूलो समस्या नै हो। गुणस्तर नियन्त्रण गर्ने अधिकांश अधिकारीहरू पैसामा बिक्नु झन् दुःखद पक्ष हो।

वास्तवमा किसानको लडाई एउटा शत्रुसँग मात्र होइन रहेछमौसम आफैँ एउटा शत्रु बनिदिँदो रहेछ किसानको। अनुदानबीमास्थानीय सरकारजग्गा दलालको दबाबलगायत अनेकन कुराले मलाई चाहिँ ‘भो अब पुग्यो’ भने जस्तो भयो। यी सबै विकृतिसँग भिड्ने तागत छ भने चाहिँ आउनुहोस् अझै धेरै सम्भावना छ नेपालको कृषिमा। तर अहिलेलाई मलाई चाहिँ पुग्यो । श्रोतः आइएनएस –स्वतन्त्र समाचार -कुराकानीमा आधारित

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार