बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

मंगलबार, वैशाख २२, २०८३

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो । प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन लागू गरेकी हुन् । नयाँ जिम्मेवारी अनुसार कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन् । यसअघि उनीहरू क्रमशः व्यवस्थापन र अनुसन्धान विभागमा कार्यरत थिए । त्यसैगरी, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ भने कमलप्रसाद रेग्मीलाई नियमन र शम्भराज लामिछानेलाई कानुन महाशाखाको नेतृत्व दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार