भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

शुक्रबार, फागुन १३, २०७८

नयाँ दिल्ली, १३ फागुन । भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने एक लाख ३४ हजार २३५ रहेको छ ।  त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाको कूल सङ्ख्या भने पाँच लाख १३ हजार २२६ पुगेको अधिकारीले जनाएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।– रासस/एएनआई


 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार