संसद बैठक आइतबारलाई सर्‍यो 

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं, १३ फागुन  : प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । 

कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार