थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, फागुन १२, २०७८

काठमाडौं, १२ फागुन : पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् । 

अहिले देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार