कांग्रेसका चार सांसद, जसले एमसीसीको पक्षमा मत हाल्न बन्चित हुने

बिहीबार, फागुन १२, २०७८

काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।  एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका कांग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । 

यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित कांग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् ।  साथै उपचारका लागि भारतमा रहेका कांग्रेस सांसद प्रदीप गिरि र  कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार