सोसल मिडिया
Contact Us
युनिकोड
किभ, ११ फागुन । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन् । उनले मंगलबार भनेका छन्, ‘मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन ।’ उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उनले जनाएका छन् । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उनले बताए । पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापीरुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वीक्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ, तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ । अमेरिका, बेलायतलगायतका पश्चिमा देशले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यीलगायतका अरु पश्चिमा देशले पनि यदि रुसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएका छन् ।– रासस/सिन्ह्वा