एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

बुधबार, फागुन ११, २०७८

काठमाडौं, ११ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक आज बस्दैछ । 

संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाइएको लोसपाले जनाएको छ ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । गत आइतबार बसेको संसद् बैठकमा एमसीसी टेबुल भएको छ । 

आगामी १६ फागुनसम्म एमसीसी सदनबाट अनुमोदन गरिसक्नुपर्ने डेडलाइन भएकाले भोलिकै बैठकमै पास वा फेलको टुंगो लाग्ने सम्भावना छ । संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । लोसपाका नेताहरूले एमसीसी सहयोग लिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार