र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा 

मंगलबार, फागुन १०, २०७८

पोखरा, १० फागुन  : र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । 

न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् । तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार