यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा 

मंगलबार, फागुन १०, २०७८
Global Ime Bank

काठमाडौं, १० फागुन । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।  आजको खेल जिते नेपाल दोस्रो पटक टी-२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचाेटि भेट भएकामा दुवैले दुई दुई  जित हात पारेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार