पावेलको जन्मदिनको अवसरमा वृक्षारोपण

मंगलबार, फागुन १०, २०७८

जुम्ला, १० फागुन । नेपाल स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा वृक्षारोपाण गरिएको छ ।  जुम्लाको चन्दननाथ पार्कमा वृक्षारोपाण गरिएको  हो ।  यो पार्क  कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको गुठीको जग्गाभित्र छ ।  स्काउट मास्टर धनराज सुनारका अनुसार पार्कमा ३० वटा धुपी, १५० सयपत्री फुल र १०० तरबारे फूलका बिरुवा रोपिएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार