सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत 

मंगलबार, फागुन १०, २०७८

सुनसरी, १० फागुन  : सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको छ ।  अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।  बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार