सर्वाेच्च अदालतद्वारा एमसीसीविरुद्धको रिट दरपीठ

मंगलबार, फागुन १०, २०७८

काठमाडौं, १० फागुन  : सर्वाेच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ । 

सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वाेच्चले दरपीठ गरेको हो । 

संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वाेच्चले सो रिटलाई दरपीठ गरेको हो । 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार