कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मंगलबार, फागुन १०, २०७८

काठमाडौं, १० फागुन । कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय ४० बर्षीय पटहरी थारु रहेका छन् ।  लु ४ प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवल स्थित क्रिमशन अस्पतालमा सोमबार राती साढे ९ बजे मृत्यु भएको हो ।  जितपुरबाट तौलिहवा तर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।    

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार