सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ९ चैत । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ । बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुने हुनेछ । बारको कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ । निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ । वर्तमान बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेको हुनाले नयाँ कार्यसमितिको निर्वाचन तय भएको हो ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन चैत दोस्रो साता
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ । सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते सो अधिवेशन गर्ने निर्णय गरेको हो । सङ्घका सचिव डा विष्णु पोखरेलका अनुसार चैत ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको नामावली र शुल्कसमेत केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको छ ।