नेपाललाई समूह विजेता बन्न ८१ रनको लक्ष्य

सोमबार, फागुन ९, २०७८
Global Ime Bank

काठमाडौं, ९ फागुन  : आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्‍याे ।  क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे । 

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।  यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट लिए ।  आजको खेल जिते नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गर्नेछ । 

छनोटका समूह ‘ए’ बाट आयरल्यान्ड र सयुक्त अरब इमिरेट्स (यूएई) सेमिफाइलनमा प्रवेश गरिसकेका छन् ।'

नेपाली बलरसामु टिक्न सकेनन् क्यानडाका ब्याट्सम्यान

आईसिसी टी-२० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपाललाई ८१ रनको टार्गेट दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो । 

क्यानडाले १० ओभरमा ८ विकेट गुमाएर ४८ रन बनाएको थियो । क्यानडाविरुद्ध सन्दीप लामिछाने र कमलसिंह ऐरी हाबी देखिए । सन्दीपले तीन र ऐरीले दुई विकेट लिए ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार