दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, फागुन ९, २०७८

काठमाडौं, ९ फागुन । दाङको घोराही उपमहानगरपालिका–३ भानपुरचोकमा सोमबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरेपानीका १९ वर्षीय अर्जुन खड्का रहेका छन् । खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।  ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार