तम्घासमा मृत भेटिए अर्घाखाँचीका गन्धर्व

सोमबार, फागुन ९, २०७८

अर्घाखाँची, ९ फागुन । अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व तम्घासकाे जिपपार्कमा मृत अवस्थामा भेटिएका हुन् । साेमबार बिहान मृत अवस्थामा भेटिएका उनकाे पहिचान भइसकेकाे र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाइने गुल्मी प्रहरीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गाेपालचन्द्र भट्टराईले जानकारी दिए। 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार