आफ्नै घरको पहिलो तलाबाट खसेर भुसालको मृत्यु

सोमबार, फागुन ९, २०७८

भक्तपुर, ९ फागुन । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दिपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । सोमबार बिहान अचानक खस्न गई गम्भीर घाइते भई उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   
 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार