रोल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, फागुन ९, २०७८

रोल्पा, ९ फागुन : रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् ।  घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।  चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।  लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा१ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रीत भएर पल्टीएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार