सोसल मिडिया
Contact Us
युनिकोड
पाकिस्तान (पेशावर), ८ फागुन । पाकिस्तानको पेशावर शहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन् । क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुईवटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्यूज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए । केही साताअघि बडबेरमा प्रहरीको भ्यानमा हतियार प्रहार हुँदा तीन प्रहरी घाइते भएका थिए । सोही दिन हयाताबाद नजिकैको प्रहरी चौकीमा पनि हात ग्रिनेड प्रहार भएको थियो । हालैका महिनामा खैबर पख्तुनख्वाका विभिन्न भाग विशेष गरी पेशावरमा प्रहरीमाथि आक्रमणका घटना बढेका छन् । द न्युज इन्टरनेशनलका अनुसार पछिल्ला महिनामा पेशावर र अन्य शहरमा धेरै प्रहरीमाथि आक्रमण भएको थियो । आधिकारिक रिपोर्टअनुसार ४८ प्रहरीको मृत्यु भएको छ भने ४४ घाइते भएका छन् ।– रासस/एएनआई