सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, ८ फागुन । बेइजिङ शीतकालीन ओलम्पिकको आइतबार विशेष समारोहबीच समापन गरिएको छ । समापन समारोह फेब्रुअरी २० राति राष्ट्रिय रङ्गशालामा आयोजना गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाख सो समापन समारोहमा उपस्थित भएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले खेल सम्पन्न भएको घोषणा गरेका थिए । समारोहमा कोभिड–१९ सङ्क्रमणबीच बेइजिङ शीतकालीन ओलम्पिक आयोजना गरेर सफल पारेकोमा चीनले विश्व समुदायबाट प्रशंसा प्राप्त गरेको उन बताए । उनले भने, “ओलम्पिक खेलकुदको सफल आयोजना गर्दा निकै बढी जनशक्ति र आर्थिक खर्च हुन्छ । महामारीको नराम्रो असर परेकाले बेइजिङ शीतकालीन ओलम्पिक खेलकुदको अवलोकन गर्न विश्वभरका दर्शकलाई ल्याउन नसक्दा राज्यले निकै धेरै आम्दानी गुमाउनु परेको भए पनि चीनका लागि ओलम्पिक खेलकुदमा प्रयोग गरिएको खर्चले चीनको प्रसंशा भएको छ ।” अमेरिकी न्युयोर्क टाइम्सद्वारा हालै प्रकाशित एक लेखमा “यो समय विश्वका धेरै सहरका लागि आर्थिक दृष्टिबाट हेर्दा ओलम्पिक खेलकुदको आयोजना गर्नु एक उपयुक्त छनोट होइन, तर चीनका लागि देशको आत्मगौरव र आधारभूत प्रबन्धको निर्माण गर्ने उत्साहले त्यस्तो मापदण्डलाई परिवर्तित गरेको छ” भनिएको छ । ओलम्पिक खेलकुदको आयोजना गर्नु चीनका लागि विश्वसमक्ष एकता र विश्वासलाई देखाउने राम्रो अवसर बनेको छ । शीतकालीन ओलम्पिकका सबै खेलहरू आइतबारसम्ममा सम्पन्न भइसकेको बताउँदै आयोजकले चीनले जटील अवस्थामा आफ्नो जिम्मेवारी पूरा गरेको बताएको छ । चीनमा खेलकुद आयोजना भइरहेका समय परेको हिमपातका कारण तालिकामा सामान्य प्रभाव परेको आयोजकले जनाएको छ ।–रासस/सिन्ह्वा