सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ८ फागुन : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार 'जे हुन्छ-हुन्छ' भन्ने प्रतिक्रिया जनाए ।
आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुताएको थियो । तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ । माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो । उनले भने, 'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ-हुन्छ ।'
हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो ।