सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरूले गरेको दाबीका आधारमा संविधान र दल ऐनअनुरूप छिट्टै निर्णय गर्न अनुरोध गरेको छ । ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐनअनुरूप छिट्टै निर्णय गर्नका निम्ति पनि अनुरोध गरेका छौं’, दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउन लिएको निर्णय आफूहरुलाई मान्य नभएको उक्त समूहको भनाई छ