म्यान्माका प्रदर्शकारीमाथि प्रहरीले गोली चलाल्यो

१८ प्रदर्शनकारीको मृत्यु
सोमबार, फागुन १७, २०७७

याङ्गुन । यान्मामा सैनिक ‘कू’ विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा १८ जना मारिएका छन् ।  संयुक्त राष्ट्रसंको मानवअधिकार कार्यालयले प्रदर्शनकारीमाथि गोली चलाउने सैनिक कदमलाई ‘अहिलेसम्मकै घातक’ भनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो । प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको हुन् । सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।
फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मामा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् । आङ सान सू चीलगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ । सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ । बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ । सैनिक कू विरुद्ध नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतबार विस्तार गरिएको हो । 
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ ।

उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ । ‘म्यान्माका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ’, प्रवक्ता रविना शमदासनीले भनिन्, ‘अहिंसक प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन ।’ एकजना प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताए । समाचार संस्था रोयटर्ससँग गरेको कुराकानीमा न्यान वीन शेनको दृढता छ, ‘उनीहरूले दबाउन खोजे हामी उठ्छौँ, उनीहरूले आक्रमण गरे हामीले प्रतिरक्षा गर्छौं, सेनाको बुटका अगाडि हामीले कहिल्यै घुँडा टेक्दैनौं ।’ प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन् । तर त्यसबारे पुष्टि गरिएको छैन । राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार त्यो संख्या ८५० रहेको बताएको छ । तर यो हप्ता थप सयौँ गिरफ्तार भएको देखिएको छ ।–बीबीसी

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार