ओमानविरुद्ध ब्याटिङ थालेकाे नेपालले गुमायाे तीन महत्वपूर्ण विकेट

शुक्रबार, फागुन ६, २०७८
Global Ime Bank

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेकाे छ । घरेलु टोलीबिरुद्ध अल अमेरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेकाे हाे । आठ ओभरमा नेपालले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाइसकेकाे छ । नेपालले ३९ रन बनाएकाे छ । आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको नेपालले सुरुवातमै नराम्राे झट्का बेहाेरेकाे छ । अहिले दीपेन्द्र एरी र आरीफ शेख क्रिजमा छन् । यसअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार