१० लाख फिरौती माग्ने तीनजना पक्राउ

आइतबार, फागुन १६, २०७७

विराटनगर । शरीर बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए । निजले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय  सुभाष कामतलाई शनिबारदेखि बन्धक बनाएर १० लाख रुपैयाँ माग गरेको सूचना प्रहरीले प्राप्त गर्नसाथ गरिएको अनुसन्धानबाट सो अभियुक्त पक्राउ परेको प्रवक्ता राईको भनाइ छ ।  प्रहरीले बन्धकमा राखेका व्यक्तिलाई दुई घण्टाभित्र विराटनगर महानगरपालिकाअन्तर्गत रामपुर बस्तीबाट सकुशल उद्धार गरेको थियो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।–रासस
 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार