सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ५ फागुन । इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेकाे छ । इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे । याेसँगै लिभरपुलले तीन अंक जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।