सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने बताएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट पारे । प्रमुख आयुक्तमा नियुक्त भएकोमा बधाई दिन आयोग परिसरमा आएका काठमाडौं महानगरपालिका¬ २९ का स्थानीयवासी, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँगको कार्यक्रममा उनले मुलुकमा भ्रष्टाचार नरोकिएकामा चिन्ता व्यक्त गर्दै भने, ‘आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु चुनौती रहेको छ । मेरो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने छु ।’ भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिककोसमेत सहयोग आवश्यक परेको उल्लेख गर्दैै उनले त्यसका लागि सबैको साथको अपेक्षा गरे ।–रासस