पुष्पलाल स्मृति ब्याडमिन्टन सुरु

बुधबार, फागुन ४, २०७८
Global Ime Bank

काठमाडौं, ४ फागुन । राष्ट्रिय व्याटमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा भएको ११औँ पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन् ।

प्रिन्स र रशिला सम्मानित
सो कार्यक्रममा विश्व व्याटमिन्टनको जुनियरतर्फ नम्वर १ हुन सफल प्रिन्स दाहाल र महिला युगल तर्फ नम्बर ७ मा उक्लिन सफल रशिला महर्जनलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै उनीहरुलाई नगद आठ हजार पाँच सय प्रदान गरिएको थियो । 

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार