साहित्यकार तारानाथ शर्माको निधन

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शर्माको निधनप्रति दुःख व्यक्त
मंगलबार, फागुन ३, २०७८

काठमाडौँ, ३ फागुन । अग्रणी साहित्यकार डा तारानाथ शर्माको निधन भएको छ । डा. शर्मा ८७ वर्षका थिए ।  शर्माको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् । अग्रणी साहित्यकार डा.तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएका छन् । 
सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्, “प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौं कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार