पूर्व राजा ज्ञानेन्द्र शाह भन्छन्, ‘आम नागरिक प्रतिको ध्यान भङ्ग हुँदा समग्र विकासमा असर ’

आइतबार, फागुन १६, २०७७

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राज्य सत्ताको जिम्मेवारी लिएका शासकलाई नअलमलि कन काम गर्न सचेत गराएका छन् । पूर्व राजा ज्ञानेन्द्रले ट्वीट गर्दै भनेका छन्, ‘राज्यसत्ता र आम नागरिकका सम्पूर्ण जिम्मेवारी लिएका शासकहरू के गर्ने वा के नगर्ने भन्ने कुरामा अल्मलिँदा र संविधान निर्देशक तथ्यबाट भट्किँदा आम नागरिक प्रतिको ध्यान भङ्ग हुन गई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा प्रत्यक्ष असर पर्न जाने हुँदा सदैव सजग रहनु अत्यावश्यक हुन जान्छ ।’ उनको यो ट्वीट नेपालको पछिल्लो विकसित घटनाक्रमप्रतिको असन्तुष्टिका रुपमा हेरिएको छ । राजनीतिक दलहरु एकले अर्काेलाई खुइलाउने प्रवृतिमा तल्लिन हुँदा राज्य तथा जनताप्रतिको जिम्मेवारी पूरा गर्न चुकेको उनको आशय छ ।   
 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार