पारा खेलाडीलाई प्रमाण पत्र

सोमबार, फागुन २, २०७८
Global Ime Bank

काठमाडौं, २ फागुन  : सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाण पत्र सोमबार प्रदान गरिएको छ । चार खेलाडीलाई दोस्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाण पत्र प्रदान गरियो ।

दोस्रो डानको प्रमाण पत्र पाउनेमा पारा ओलम्पियन पलेसा गोवर्द्धन, रञ्जना धामी, रामबहादुर अधिकारी र दीपेश महत रहेका छन् । पहिलो डानको प्रमाण पत्र पाउनेमा विशाल गर्बुजा, लोकराज शाही र सिर्जना घिसिङ छन् ।

अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई प्रमाण पत्र प्रदान गर्दै पदोन्नती भएको बधाई दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार