रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति

सोमबार, फागुन २, २०७८
Global Ime Bank

बेइजिङ, २ फागुन । चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, विश्व एन्टी डोपिङ एजेन्सी र अन्तर्राष्ट्रिय स्केटिङ युनियनले उनको निलम्बन पुनर्स्थापित गर्न गरेको अपील अस्वीकार गरेको बताएको छ।

रुसद्वारा ओलम्पिक समितिको स्केटर भलिभा बारेको निर्णयको स्वागत
रुसको ओलम्पिक समितिले सोमबार फिगर स्केटर कमिला भलिभालाई डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जारी राख्न अनुमति दिएको घोषणाको स्वागत गरेको छ।
‘भोलि सम्पूर्ण देशले व्यक्तिगत प्रतिस्पर्धामा उहाँलाई र हाम्रा सबै अद्भुत महिला स्केटरहरूलाई समर्थन गर्नेछ’, समितिले टेलिग्राममा  उल्लेक गर्दै यसलाई ‘दिनको सबैभन्दा राम्रो समाचार’ को रूपमा टिप्पणी गरेको छ ।

अमेरिकी ओलम्पिक कमिटी भालिभाको निर्णयबाट ‘निराश’
अमेरिकी ओलम्पिक समितिले  चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुनः प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट ‘निराश’ भएको बताएको छ।
‘यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,’ सीईओ सारा हिर्शल्याण्डले भने, ‘यो रूसद्वारा  चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ।’–रासस/एएफपी

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार