सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २९ माघ । चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले अहिले युएईविरुद्ध ब्याटिङ गरिरहेको छ । ५ ओभरको खेल भइरहँदा नोपलले एक विकेटको क्षतिमा ५३ रन बनाएको छ । आशिफ शेख तथा ज्ञानेन्द्र मल्लले साझेदारी पारी खेल्दला उक्त रन जोडेका हुन् । प्रतियोगितामा भर्खरै ज्ञानेन्द्र मल्लले एउटा छक्का प्रहार गरेका थिए । अर्काे छक्को आश गरेका उनी क्याच आउट भएका छन् । यसअघि ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।