कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप

शुक्रबार, फागुन १४, २०७७

बोगोटा । कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिए । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी सङ्कटकालको अवधि फेरि बढाउनु परेको उनको भनाइ छ । कोलम्बियामा झण्डै तीन महिनादेखि स्वास्थ्य सङ्कटकाल लागु भएको हो । ‘यसअघि लगाइदै आएको स्वास्थ्य सङ्कटकालको अवधि यही फेब्रुअरी २८ मा सकिँदैछ, तर आज नै हामीले त्यसको म्याद पुनः थप्ने निर्णय गरेका छौँ’, डुकले भने । सङ्कटकालको म्याद फेरि थपिएको जानकारी अहिले नै दिनु उपयुक्त लागेको उनले बताए । स्वास्थ्यमन्त्री फर्नान्डो रुइजसहितको विज्ञ तथा सरोकारवालाहरुको टोलीले गरेको अध्ययन, छलफल र परामर्शका आधारमा सरकारले सङ्कटकाल लम्ब्याउने निर्णय गरेको उनले स्पष्ट पारे ।  अहिले थप गरिएको सङ्कटकालको अवधि आगामी मे ३१ सम्म कायम रहने राष्ट्रपति डुकुले जानकारी दिए । कोलम्बियामा पछिल्लो २४ घण्टामा तीन हजार ६८३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने देशभरी अहिलेसम्म कुल २२ लाख ४१ हजार २२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या ५९ हजार ३९६ पुगेको पनि मन्त्रालयको तथ्याङ्क छ  ।–सिन्ह्वा 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार