आफूले कसैको हत्या नगरेको ‘पेरिस आक्रमण आरोपित’को दाबी

बुधबार, माघ २६, २०७८

पेरिस, २६ माघ । सन् २०१५ को नोभेम्बरमा पेरिसलाई हल्लाइएको आतङ्ककारी हमलापछि पनि जीवित रहेका भनिएका एक मात्र आक्रमणकारीले बुधबार आफूले कसैको हत्या नगरेको बताएका छन् । अदालती सुनुवाइमा पहिलो पटक बोल्दै उनले भने, “मैले कसैको हत्या गरेको छैन, कसैलाई पनि चोट पु¥याएको छैन ।” जिहादी नरसंहारको मुद्दामा जेलमा रहेका उनले पहिलो पटक आफ्नो भनाइ राख्दै उक्त अडान लिएका हुन् । फ्रान्सेली भूमिमा भएको सबैभन्दा भयावह भनिएको उक्त आतङ्ककारी हमलामा १३० जनाको मृत्यु भएको अत्याचारबारे प्रश्न सोध्नुअघि सलाह अब्देसलामले अचानक भक्कानिँदै अदालतमा बयान दिए, “मैले यस मुद्दामा भनिएजस्तो कसैलाई चोट पु¥याएको छैन । कुनै दागसमेत पारेको छैन ।” 
बत्तीस वर्षीय अब्देसलामले आफू इस्लामिक स्टेट समूहको सदस्य भएको आफ्नो दाबीलाई दोहो¥याए । आफूलाई सम्भावित आजीवन सजाय दिएर अदालतले उनीबारे ‘उदाहरण बनाउन’ खोजेकोेमा अदालतले गल्ती गरिरहेको उनले बताए । बयानअनुसार उनले आक्रमणका क्रममा मारिएका सबैको टोलीबाट आफूलाई टाढा राख्ने प्रयास गरे । उनले अन्तिम क्षणमा आफ्नो मनोगत परिवर्तन भएको जनाएको देखिन्छ । उनले भने, “भविष्यमा कसैले ५० किलोग्राम विस्फोटक पदार्थले भरिएको सुटकेस भएको मेट्रो वा बसमा चढ्दा र अन्तिम क्षणमा ‘म यो काम गर्दिनँ’ भन्ने निर्णय गर्दा उसले थाहा पाउनेछ कि सक्दैन, किनभने अन्यथा उसलाई थुनिनेछ वा मारिनेछ ।
हत्याकाण्डका पछाडि रहेका मानिसहरूको खोजी गरेको महिनौँ पछि भेट्टाए अब्देसलाम पक्राउ परेको तर मार्च २०१६ मा बेल्जियममा गिरफ्तार भएदेखि अनुसन्धानकर्ताहरूका प्रश्नहरूको जवाफ दिन धेरै हदसम्म उनले अस्वीकार गरेका छन् ।
तर उनले आफ्नो आत्मघाती पहिरनलाई फालेर रक्तपातपछिको आतङ्कित अवस्थामा फ्रान्सको राजधानीबाट भागेको दाबी गरेका छन् । फ्रान्सबाट उनी हुर्केको ब्रसेल्सको मोलेनबेकतर्फ फर्केको र प्रहरीले आफूलाई पक्रिएको उनले बताएका छन् । आक्रमणकारी भनिएका अब्देसलामको यो भनाइसँगै सुनुवाइ प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार