सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन, २६ माघ । जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताएका हुन् । उनले सरकारको नियमित पत्रकार सम्मेलनका भने, “प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको देखिन्छ ।” अर्थ मन्त्रालयकी प्रवक्ताले थपे, “निश्चय पनि हामी भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका छौँ र त्यो पक्कै पनि चिन्ताजनक छ ।” उनका अनुसार एक वर्षअघि ग्यास सञ्चयको अवस्था ८२ प्रतिशत क्षमतामा थियो ।– रासस/एएफपी