बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

बुधबार, माघ २६, २०७८

महेन्द्रनगर, २६ माघ ।  भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताइन् । “सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ”, संयोजक भट्टले भनिन्, “घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको देखिन्छ ।” उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताए । माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।–रासस 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार