सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, २५ माघ । लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डिस्ट्रिक्ट इ को गभर्नर पदमा लायन कर्मा गुरूङ, प्रथम भाइस गभर्नर पदमा लायन हरि दाहाल तथा द्वितीय भाईस डिस्ट्रिक्ट गभर्नर पदमा लायन्स रामशरण बस्नेतले मनोनयन दर्ता गरेका छन् । उनीहरू तीनैजनाले मंगलबार ललितपुरमा भव्य कार्यक्रमको आयोजना गरी उम्मेदवार मनोनयत दर्ता गराएका हुन् । डिस्ट्रिक्ट गभर्नरका लागि मनोनयन दर्ता गरेका गुरुङ पिएमजेएफ लायन्स क्लब काठमाडौं प्रोफेसनलका सदस्य हुन् । प्रथम भाईस डिस्ट्रिक्ट गभर्नरका लागि मनोनयन दर्ता गरेका लायन हरिप्रसाद दाहाल एमजेएफ लायन्स क्लब काठमाडौं ग्लोबल आईका सदस्य हुन् । द्वितीय भाईस डिस्ट्रिक्ट गभर्नरका लागि लायन रामसरण बस्नेत पिएमजेएफ लायन्स क्लब काठमाडौं भ्याली सेन्टेनियलका सदस्य हुन् । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ सी डी र इ गरी तीनवटा डिस्ट्रिक्कमा हालै विभाजित भएको छ । डिस्ट्रिक्ट इ मा ८३ वटा क्लबहरु रहेका छन् । कन्भेन्सनमा क्लबहरुलाई मतदानको अधिकार रहनेछ । मतदाता संख्या क्लबका सदस्यमा निर्भर रहने छ । मताधिकारका लागि क्लबहरूले बैठक बसेर आफ्ना सदस्य मध्येबाट व्यक्ति किटान गरी नामावली कन्भेन्सन हुने अघि नै पठाउनु पर्नेछ । गभर्नर पदमा एक जनाको मात्रै उम्मेदवार हुने भए पनि हलबाट एस भोटमार्फत अनुमोदन गर्ने लायन्सको परम्परा छ । प्रथम भाइस गभर्नर र द्वितीय भाईस डिस्ट्रिक्ट गभर्नर पदमा उम्मेदवार दिएका सदस्यहरू बीच प्रतिस्पर्धा हुनेछ । डिस्ट्रिक्ट कन्भेन्सन (सम्मेलन) फागुन पहिलो साता विराटनगरमा हुने तय भएको छ । फागुन ७ गते विराटनगरमा हुने कन्भेन्सनले जुलाईपछि संस्था हाँक्न नयाँ नेतृत्व चयन गर्नेछ । लायन्सको स्थापित मान्यता अनुसार नै कन्भेन्सन हुन लागेको हो ।