प्रदेशसभाका तीनवटा विषयगत समितिले पायो सभापति 

मंगलबार, माघ २५, २०७८

जनकपुर, २५ माघ । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ । विर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीसाह सुडीले उम्मेदवारी दर्ता गराएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार