कर्णाली पुल चाँडो सम्पन्न गर्न ध्यानाकर्षण 

मंगलबार, माघ २५, २०७८

काठमाडौँ, २५ माघ । सांसदहरुले कणार्ली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर जिल्लाका सांसद्हरु निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन् । दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुलमा डिजाइन परिवर्तन गर्ने भन्दै निर्माण रोकेकामा पुनः अघि बढ्न नसकेको सांसद् धामीले जानकारी दिए । उनका अनुसार पहिले पुलको नजिकै पर्यटकलाई आकर्षित गर्ने गरी पोखरीलगायतका आकर्षणका लागि संरचना बनाइने भनिए पनि अहिले केही परिवर्तन हुन लागेको छ । उनले भने, “अहिलेसम्म ७५ प्रतिशत काम भइसकेको पुल चाँडो सक्न हामीले भनेका छौँ, अहिले तीन चार महिनादेखि काम ठप्प छ ।”
टोलीले विगतमा ठेक्का भएका कतिपय पुल अझै निर्माण अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएको छ । झण्डै तीन÷चार वर्ष पहिले योजनामा परेका अरु कतिपय पुल प्रक्रियामा नगएको भन्दै त्यसलाई अघि बढाउन भनिएको सांसद् धामीले बताए । सचिव श्रेष्ठले महाकाली पुलमा जतिसक्दो चाँडो डिजाइन अनुमोदन गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले चार वर्ष पहिले महाकाली नदी पारी रहेको दोधारा–चाँदनीलाई जोड्ने गरी पुल निर्माण सुरु गरेको थियो । सो पुलले दोधारा चाँदनीलाई भीमदत्त नगरपालिकासँग जोड्नेछ । 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार