प्रतिनिधिसभा बैठक फेरि स्थगित, अब फागुन २ गतेका  लागि बोलाइयो 

मंगलबार, माघ २५, २०७८

काठमाडौँ, २५ माघ ।  प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार