सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

मंगलबार, माघ २५, २०७८

ललितपुर, २५ माघ  . वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद्  सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि आज दिउँसो उनलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

छातीमा निमोनिया देखिनाका साथै उनमा  हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए । उनले   जोशीमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ ।” अहिले उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले  बताए  । 

   जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा आज राति पनि राखिने डा.  बज्राचार्यले जानकारी दिए  । जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै छन्  । जोशीका साथै उनकी  धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीहरुको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान  गरिसकेका  छन् । 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार