अनियमितताका विषयमा छानबिन समिति गठन

मंगलबार, माघ २५, २०७८

डोटी, २५ माघ  । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा  समिति गठन भएको छ । उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो  । समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन् । शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई  जिम्मेवारीबाट हटाइएको छ । रासस
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार